Thursday, May 31, 2012

मान्छे


शिरीषझैं  निमेषमै झर्न हुन्न मान्छे,
नझर्दानि सम्झ ज्यूँदै मर्न हुन्न मान्छे ।

भुमरीको मृगतृष्णा अनायस खोज्दै
लुकिचोरी मरुभूमि चर्न हुन्न मान्छे ।

जिन्दगीका आशाबिम्ब सयौं लाखौं तर,
आफैंदेखि भने पर सर्न हुन्न मान्छे ।

आज यहाँ भोलि कहाँ परन्तु छ जहाँ,
अत्तालिने आँट त्यहाँ गर्न हुन्न मान्छे

Wednesday, May 30, 2012

गजल

एक्लै सागर तर्छु भन्यौ, मरे अन्तै मर्छु भन्यौ

अब देखि आफ्नो शुर, आफै अन्तै गर्छु भन्यौ

मत अवाक् जिल्ल पर्दै, तिम्रो सहास हेरि रहेँ

मन मिल्ने अर्कै खोजी, बसाई अन्तै सर्छु भन्यौ

मेरो मनको ढोका सधैँ बन्द गर्ने तिम्रो रहर

र त अर्को बास्ना दिने, फूल अन्तै छर्छु भन्यौ

मेरो मनको रंग तिमीले, सके सरी देखे पछि

चमक दिने बस्तु सँगै, रंग अन्तै भर्छु भन्यौ

निर्दयी पो हुँदो रैछ, निर्मोहिको मनै पनि

बीच बाटोमै छाडि मलाई, जालमा अन्तै पर्छु भन्यौ

Tuesday, May 29, 2012

चोखो मायाँ मनैबाट बोल्छ भन्थे सत्य भए । धोका दिंदा जिवनभरी पोल्छ भन्थे सत्य भए । दुरी टाढा हुँदा ब्यर्थै शङ्का गर्ने कस्तो मायाँ, नलुकाई सबै कुरा खोल्छ भन्थे सत्य भए ।


आखिर

समयको कर्तब्य त बित्नु नै हो आखिर
नायकको भूमिका त जित्नु नै हो आखिर

निर्दोष बिरुवा उम्रियो भनि चट्टान पल्टीदैन
त्यो चट्टानको बाध्यता त थिच्नु नै हो आखिर

कोमलतामा चोट पुर्याउने काँडाको इच्छा हुदैन
त्यो काँडाको नियति त बिझ्नु नै हो आखिर

मन पनि उड्न चाहन्छ चरी जस्तै धेरै धेरै
यो मनको बाध्यता त बाधिनु नै रहेछ आखिर