Wednesday, January 29, 2025

उज्यालो अभियान र धमिलो छायाँ

 सपना बोकेर उभिएको छ, सहकारीको अभियान,

सहकार्यको दीप जलाएर, बनेको थियो सुनौलो अभियान ।

साना साना हातहरू मिलेपछि, ठूला  पर्वत उठ्छ भनी,

आशा, श्रम, र निष्ठा भित्र, गुनासाहरु छिटै छुट्छ भनी ?



भुमीहिन, किसान, श्रमिक सबै, जुटेथिए एकै ठाउँ,

गरिबी हटाउने सपनाले, दिएको थियो सामूहिक भाउ ।

दशकौं बिते, ब्यूँझे सपनाहरू, सफलताको गीत गाए,

तर कतै कुण्ठा, धोका र घोटाला, कुहिरोझैँ लुकरे आए ।


सेवा, सवलता, विकासका मूल, सहकारीमा नै भेटिए,

तर कतैको असावधानीले र चुपीले असल मनहरू रेटिए ।

लालचले गाढा ग¥यो छायाँ, निष्ठा रह्यो अलपत्र,

केही लोभी मनहरूकै कारण, ध्वस्त भए ती पवित्र चित्र ।


अझै पनि सम्भावना छ, सुधार्ने बाटो बाँकी छ,

शुद्ध सोच, पारदर्शिता, अझै पनि धाकी छ ।

सहकार्य, सहयोग, भरोसा, यिनले नै गर्छन् रक्षा,

सहकारीको मूल मर्मलाई, ब्यूँताऔं फेरि सच्चा ।


गरिबका आँगनमा फेरि, उज्यालोले प्रवेश गरोस्,

सहकारी अभियान फेरि, पारदर्शी र सवल बनोस् ।

भविष्य उज्यालो बनाउने, सामूहिक संकल्प हो,

सहकारीको मूल आत्मा, समाजको विश्वास हो ।।

No comments:

Post a Comment