Tuesday, August 7, 2012

सकिन म प्रेमी बन्नलाई

पलाउदै थिए आशाका कोपिला यो मेरो हिर्दयमा
अन्जान मै बसाल्न पुगेछु क्यारे आकृति मनमा ।
उर्लेर आउछ तरङ्ग मनमा सरम भो भन्न लाइ
अधुरै रहने भो  सकिन कहिलै म प्रेमी बन लाइ।।   

स्वार्थ पो रहेछ एकोहोरो मेरो माया समुख परेन
बर्सौवर्ष कुरे आकासको फल भुइमा खस्दै खसेन ।
नझरे पनी ताकेको फल गरोभो छोडन लाइ ..
अधुरै रहने भो सकिन कहिलै म प्रेमी बनलाई ।।

धेरै थिए फुल फुलबारी भरी जानेन रोज्न कि
मुसुक हास्दा झिमिक आखा सकिन बुजन कि ।
जुन फल देखेयो तेही फुल टिपने महैन मालीदाई
अधुरै रहने भो सकिन कहिलै म प्रेमी बनलाई... ।।

No comments:

Post a Comment