Thursday, July 26, 2012

कम्यूनिस्ट…………………..


मैले जाने सम्म कम्यूनिस्टहरुको केहि कुरा खोलिदिउ |
साथीहरुको मनको खुल्दुली थोरै भएपनि बोलिदिउ ||

कम्यूनिस्ट विचारधारा अगाल्नेलाइ बामपन्थी भनछन |
एक ढिका यी बामहरु नेपाल मा कहिले भएनन् |||

कति गुठ उपगुठ कति टुक्रा भएका हुन् यी बाम |
आफु आफु लड्छन सधै कहिले हुन् एक ठाम ||

जान्न पनि गारो भो यी बाम का धेरै थरि नाम|
नया पाटि खोल्ने बाहेक अरु छैन ठुलो काम |||

नेतै बने आकंक्षाले अजै पाटी संख्या बढ्दै छ |
कम्यूनिस्टहरु एक ठाम हुने सम्भावना घड्दै छ ||

भन्दा खेरि बैचारिक मतभेद मात्र भने जहिले पनि |
तर पाटी भित्रै एक मतलेहुन् केहि कहिले पनि |||

कम्यूनिस्टहरु सबैलाइ ठुलो नेता हुनु पर्ने |
साढे जस्तो यी लडेको अब कले पो हेर्ने ||

सर्बहारा वर्गको नाम जपी संघर्स गरेको भन्दछन|
निमुखाको फाइदा लुटी आफ्नो दुनो मात्र सोजाउछन|||

धर्म लाइ अफिम माने कम्यूनिस्ट हरुको दर्सन |
दर्सन लाइ पनि आ-आफनै पारामा बहस गरछ्न||

इस्वर छैन भने यिनको नीति यिनले अघि सारेर|
बिस्व बाटै यिन को नीति बस्नु परेयो पछि परेर |||

माक्सको दर्सन त मानुपर्छ धेरै राम्रो हो |
इस्वर छैन भने नारा यो त लाग्छ भूलै हो ||

सुन्दाखेरि सारै मिठा लाग्छन कम्यूनिस्ट भाषण |
बिस्वले नै देखि सक्यो कम्निस्ट को साशन |||

Tuesday, July 24, 2012

नारी हुनुको दोस |



कसै संग बोलन हुन् उतौली रैछे भन्छन
आफु पुरुस जे गरेनी सारै चोखो बन्छन |

हामी नारी छिटो हिडे उताउली कहिन्छ्म
अलि ढिलो भयो भने अल्छि रैछे भन्छन ||

हास्न बोल्न डराएर मानै पर्ने छ लाज
अजै पनि पुरानैछ हाम्रो समाजको सोच |

दसवटि राखे पनि पुरुष मर्द कहिन्छ्न
हामी नारी एउटा छोडे खतम रैछे भन्छन |||

Tuesday, July 17, 2012

ढुंगा यसो भन्छ ।

हामीलाई मान्छे को मन चाहिदैन
हामी हाम्रो मनमा सन्तुस्ट छौ ।।
मान्छे ले आरोप लगाउछन्
ढुंगा को मन कठोर हुन्छ
ढुंगा को जस्तो कठोर मन हुनु हुँदैन ।।

हो
हाम्रो कठोर मन मान्छेले नचोरे हुन्थो
हाम्रो मन मान्छेको मन संग नसाटीए  हुन्थियो।
मान्छे ले आफ्नो   मन संबेदनशील भनेर के गर्नु
मान्छे को आफ्नो मन सहयोगी दयालु र मायालु भनेर पनि के गर्नु
मान्छे को मन जात भातमा बाडिएको हुदोरहेछ
मान्छेको मन धर्म धर्ममा विभक्त हुदोरहेछ
मान्छेको मनमा  त क्षेत्र  क्षेत्रको   सिमा कोरिए को हुदोरहेछ।।

हिमाल मा बस्ने हिमाली
पहाडमा बस्ने पहाडी
मधेसमा बस्ने मधेसी मान्छे को जस्तो
हाम्रो ढुंगा हिमाली हुदैन पहाडी हुदैन
र मधेसी पनि हुदैन
हाम्रो त एउटा मात्र पहिचान  छ
ढुंगा –मात्र ढुंगा ।।

हामीले हिमाल लै सर्बोच उठाएका छौ
हामीले पहाड लाइ जबर बसाएका छौ
हामीले हिमाल लाई समथर जमाएका छौ
पहाड भत्कन खोज्दा
पर्खाल बनेर पहाड जोगाएका छौ
मधेस बढीमा बग्न खोज्दा
हामी नै तटबन्ध बनेर मधेस बचाएकाछौ
तै पनि अरुको अस्तित्व स्वीकार
नगर्ने मान्छे भन्छन
ढुंगा को मन कठोर हुन्छ
मान्छे ले मान्छे को  हत्या गरेको  छ
ढुंगा ले ढुंगा लाइ मारेको कतै सुनुभको छ ?
ढुंगा ले ढुंगा लाइ अपहरण करेको कतै आको छ
ढुंगा ले ढुंगा लाइ अन्य अत्याचार र शोसन गरेको
समाचार कतै छापिए को छ ?

ठुला ठुला भबनहरुको जग भित्र पुरियर
गगन चुम्बी भबनहरु उच्चाल्छौ
बाटहरुमा आफु ओछियर मोटर
गाडीहरु दगुराका  छौ
बाधहरुमा बाधीयर जर्ज जमिन सिचेकका  छौ ।
निरन्तर परोपकार मा आफुलाई
 उत्सग्र गर्दै आइरहेका छौ
तै पनि मान्छे हरु आरोप लगाउछन
ढुंगाको मन कठोर हुन्छ ।।

मान्छेहरु जस्तो विभेदकारी ढुंगा हुदैन
ढुंगा हरुको कुनै छुटै नाता सम्बन्ध हुदैन
ढुंगाहरुको कुनै व्यक्तिगत स्वार्थ र सपना हुदैन
ढुंगा सानो ठुलो कालो गोरो मा बिस्वास गर्दैन
ढुंगा मान्छे जस्तो सत्तामुखी हुदैन
एस आराम खोज्दैन
पद पैसाको भोको हुदैन
तेसैले कुनै भस्ट्राचार गर्दैन
अनैतिक कार्यमा लिप्त हुदैन
कुनै ठुलो महत्व कान्छी छैन ।।

हाम्रो इश् वर बने पटकै चाहना हैन
तर मान्छे ले आफ्नो स्वार्थका लागि
मन्दिर भित्र ढुंगा राखेर इश् वर बनाए
हो ढुंगा पनि सानो  ठुला आकारमा हुन्छन
चुच्चे बुच्चे चप्टे र गोलो   मोटो पनि हुन्छ
तर आपसमा बाझा बाझ र पानि बारबार  हुदैन
झै झगडा र युद पनि हुदैन
ढुंगा ढुंगा हो मान्छे जस्तो बिचलित हुदैन
हामीले हाम्रो यथार्थ बुजेका छौ
हाम्रो वास्ताबिक्ताको ज्ञान छ हामीलाई
तेसैले हाम्रो कुनै ठुलो सपना छैन
हामी त केवल धर्ति लाइ सुन्दर सान्त
बाचाउन चाहन्छौ ।
मान्छेहरु धर्तिको बिनासमा उद्त छन्
अचम लाग्छ
मान्छेहरु आरोप लगाउछन्
ढुंगा को मन  कठोर हुन्छ
माफ गर मान्छेहरु
हामी ढुंगा हौ
हाम्रो मन कठोर छ
हामीलाई मान्छेको जस्तो कोमल मन चहिएको छैन
हामी ढुंगा हौ
ढुंगा भएर वाचन चाहन्छु
मात्र ढुंगा भएर वाचन चाहन्छु ।।।

Monday, July 9, 2012

गयौ कहाँ ।

बिहानीको मिर्मिरेमा नुहाएर गयौ कहाँ।
निन्द्रामै अंगालोबाट  छुटाएर गयौ कहाँ॥

साँझ छिट्टै आउनेछु  भनि  गयौ कहाँ।।
मायाले कसम खुवाएर प्रियतम गयौ कहाँ।

तिमि  बिना म पनि एकपल बाँच्न सक्दिन।
भन्दै थोपा आँशुका चुहाएर छोडी गयौ कहाँ॥

हरपल जल्छ  मुटु मायाको त्यो सम्झनाले ।
धुवाँ सरी मेरो संसार उडाएर  गयौ  कहाँ॥

  जिन्दगी भरीकोसाथ हाम्रो  जोडी भन्थेयौ तिमी  ।
  अचानक आज एक्लै रुवाएर गयौ कहाँ........ .....॥

Wednesday, July 4, 2012

जिन्दगि


घुम्ती सगै मोडिजाने यात्रा रहे छ जिन्दगि
खसे पछि फुटी जाने येना रहेछ जिन्दगि .

आखा खोले पछि बिलाइ जाने सपना रहेछ जिन्दगि
नदि  सरि बगी जाने पानि  रहेछ जिन्दगि ..

कल्पना र सपना को मिठो सङ्गम रहेछ जिन्दगि
सफलता र  असफलता  को लडाइ रहेछ जिन्दगि ...

माया अनि स्नेह को फयूजन  रहेछ जिन्दगि
केहि गर्ने आसाको संसार रहे छ जिन्दगि....

Monday, July 2, 2012

मेरो सपना


आज सपनामा देखे मैले अर्को यथार्थ को गति
भयो उधोग धन्दाको उतर उतर   प्रगति
राजमार्ग सरा बनाइए जताततै  
कार्यालयमा नाम दर्ता को परेन झमेला कतै

धेरैको लागि अवसर यहाँ जीवन पदाती 
सबल र बुदिमान मन्त्रिहरु परे अति
जगाजमिनका स्वामी बने कृषक वर्ग नै
सैनिक व्यारेकहरु चाही बिस्व बिधालय बने कुनै

कुलीन वर्गको स्थान पैले जस्तै भयो पुन
कर्णालीले पायो संसारको धनि को उपमा
रोकतोक बिना भोटका बिक्रीमा राखियो तर
जड़ेहा मातेर टन भेटिदैनन कतै तिर

सारा पुस्तक छापिन्छन यहाँ सेन्सर बेगर
प्रत्रिकामा समाचार हुन् झुटो रति भर
उच्चताको चुली तर्फ लम्की रकेछ सस्कृति
सारा नेपाली को हो यो मुलधार र सम्पति