तिमि सग दुइ आखा जुदाएको याद आयो ।
हामी दुइ सगै हिडदा अरु सग डराएको याद आयो ।।
धेरै दिनमा तिम्रो मेरो भेट हुदा हेर काली ।
मोहित भै एक अर्कामा हराएको याद आयो।।
कसको माया कति रहे छ जोखि हेरौ भन्दै काली ।
हामी दुइ एक अर्कामा कराएको याद आयो ।।
यो संसारमा चोखो माया हाम्रो बाहेक कसको छ र ।
भन्दै हामी प्रिती को संसारमा रमाएको याद आयो ।।
मिठा मिठा गर्दै कुरा हामी दुइ छुट्ने बेला ।
छुटन मन नलागेर हात समाएको याद आयो ।।
