जाग साथी अब जाग्ने
वेला भयो .
देश बनाउने अभियानमा लाग्ने
बेला भयो . .
सबै भन्दा माथि राखी सोचन न
नेपाली हु म ।
आफ्नै देशमा जीवन जिउने
बनाउन मन ।।
उठ साथी उठ अब उठ्ने बेला
भयो ।
टुट्ने हैन फुटने हैन
जुट्ने बेला भयो ।।
स्वर्ग बनाउ यहि देश लाइ
जुटेर कर्ममा ।
कर्तव्यको भावना फैलाउ
प्रतेक नेपालीको मनमा ।।
जाग साथी अब जाग जाग्ने
वेला भयो
देश बनाउने अभियानमा लाग्ने
बेला भयो ।।
अन्धकारका बाँध हरु टुटाउने
बेला भयो ।
भाइ भाइ मिलि अब देश बनाउने
बेला भयो ।।
उठ साथी उठ अब उठ्ने बेला
भयो ।
टुट्ने हैन फुटने हैन
जुट्ने बेला भयो ।।
प्रतिज्ञा यहि लिई बढौ
हातमा हात मिलाई ।
देश निर्माणको अगुवाइ गर्ने
नेत्रितो बिकाश गर्दै ।।