सुस्केरा उही थकाइ फरक,
पिडा उही दुखाई फरक ।
दर्शन उही ढोगाइ फरक,
कर्म उही भोगाइ फरक ।।
आँखा उही हेराई फरक,
जिव्रो उही बोलाई फरक ।।
तराजु उही जोखाइ फरक,
पानि उही चखाई फरक ।।
मानिस उही सोचाइ फरक ..
सुस्केरा उही थकाइ फरक,
पिडा उही दुखाई फरक ।
दर्शन उही ढोगाइ फरक,
कर्म उही भोगाइ फरक ।।
आँखा उही हेराई फरक,
जिव्रो उही बोलाई फरक ।।
तराजु उही जोखाइ फरक,
पानि उही चखाई फरक ।।
मानिस उही सोचाइ फरक ..
उज्यालो खोज्दै, अँध्यारोमा भासिएको,
जेन जि को आन्दोलन आँसुमा नुहाएको।
सपना बोकेर उठेका आँखाहरू,
न्यायको खोजमा भट्किएका बाटाहरू।
शब्दहरू चर्का, तर स्वर दबाइयो,
आशा पलाउँदै–पलाउँदै चकनाचुर बनाइयो।
भोलिको बिहानी रंगिन देख्न चाहेका,
आजैका तारा अधुरै निभाइयो।
सपना लेख्नुअघि आँसु लेख्ने नियति।
अधिकार खोज्दा अपराधी ठहर,
सत्य बोल्दा मौनता पुरस्कृत।
ए जिन्दगी, किन यत्रो कठोर?
न्याय किन मात्र किताबमै सुहाउँछ ?
हामीले खोजेको उज्यालो,
कहिले साँचो बिहानमा फूल्छ?
सपना बोकेर उभिएको छ, सहकारीको अभियान,
सहकार्यको दीप जलाएर, बनेको थियो सुनौलो अभियान ।
साना साना हातहरू मिलेपछि, ठूला पर्वत उठ्छ भनी,
आशा, श्रम, र निष्ठा भित्र, गुनासाहरु छिटै छुट्छ भनी ?
भुमीहिन, किसान, श्रमिक सबै, जुटेथिए एकै ठाउँ,
गरिबी हटाउने सपनाले, दिएको थियो सामूहिक भाउ ।
दशकौं बिते, ब्यूँझे सपनाहरू, सफलताको गीत गाए,
तर कतै कुण्ठा, धोका र घोटाला, कुहिरोझैँ लुकरे आए ।
सेवा, सवलता, विकासका मूल, सहकारीमा नै भेटिए,
तर कतैको असावधानीले र चुपीले असल मनहरू रेटिए ।
लालचले गाढा ग¥यो छायाँ, निष्ठा रह्यो अलपत्र,
केही लोभी मनहरूकै कारण, ध्वस्त भए ती पवित्र चित्र ।
शुद्ध सोच, पारदर्शिता, अझै पनि धाकी छ ।
सहकार्य, सहयोग, भरोसा, यिनले नै गर्छन् रक्षा,
सहकारीको मूल मर्मलाई, ब्यूँताऔं फेरि सच्चा ।
गरिबका आँगनमा फेरि, उज्यालोले प्रवेश गरोस्,
सहकारी अभियान फेरि, पारदर्शी र सवल बनोस् ।
भविष्य उज्यालो बनाउने, सामूहिक संकल्प हो,
सहकारीको मूल आत्मा, समाजको विश्वास हो ।।