सपना बोकेर उभिएको छ, सहकारीको अभियान,
सहकार्यको दीप जलाएर, बनेको थियो सुनौलो अभियान ।
साना साना हातहरू मिलेपछि, ठूला पर्वत उठ्छ भनी,
आशा, श्रम, र निष्ठा भित्र, गुनासाहरु छिटै छुट्छ भनी ?
भुमीहिन, किसान, श्रमिक सबै, जुटेथिए एकै ठाउँ,
गरिबी हटाउने सपनाले, दिएको थियो सामूहिक भाउ ।
दशकौं बिते, ब्यूँझे सपनाहरू, सफलताको गीत गाए,
तर कतै कुण्ठा, धोका र घोटाला, कुहिरोझैँ लुकरे आए ।
सेवा, सवलता, विकासका मूल, सहकारीमा नै भेटिए,
तर कतैको असावधानीले र चुपीले असल मनहरू रेटिए ।
लालचले गाढा ग¥यो छायाँ, निष्ठा रह्यो अलपत्र,
केही लोभी मनहरूकै कारण, ध्वस्त भए ती पवित्र चित्र ।
शुद्ध सोच, पारदर्शिता, अझै पनि धाकी छ ।
सहकार्य, सहयोग, भरोसा, यिनले नै गर्छन् रक्षा,
सहकारीको मूल मर्मलाई, ब्यूँताऔं फेरि सच्चा ।
गरिबका आँगनमा फेरि, उज्यालोले प्रवेश गरोस्,
सहकारी अभियान फेरि, पारदर्शी र सवल बनोस् ।
भविष्य उज्यालो बनाउने, सामूहिक संकल्प हो,
सहकारीको मूल आत्मा, समाजको विश्वास हो ।।
