Monday, August 19, 2013

नभएको जाति


पत्थरको सरि मन भन्दा हुदै नभएको जाति ।
छोडी जाने मायालु भन्दा हुदै नभएको जाति ।।

आज जस्तै सधै भरि हृदय मै पोल्ने हो भने ।
ड्डाउने मायालु भन्दा हुदै नभएको जाति ।।                                                   
     
रगत बिना रेटीरहने मायाको त्यो करौतीको ।
थोते भुते साथ भन्दा हुदै नभएको जाति ।।

सथित्यो को माया भनि चोखो   माया नबुज्ने ।
स्वार्थीको त्यो ताती भन्दा हुदै नभएको जाति ।।

पत्थरको सरि मन भन्दा हुदै नभएको जाति ।
छोडी जाने मायालु भन्दा हुदै नभएको जाति ।।

Saturday, June 22, 2013

याद आयो


तिमि सग दुइ आखा जुदाएको याद आयो ।
हामी दुइ  सगै हिडदा अरु   सग डराएको याद आयो  ।।
धेरै दिनमा तिम्रो मेरो भेट हुदा हेर काली ।
मोहित भै एक अर्कामा हराएको याद आयो।। 

कसको   माया कति रहे छ जोखि हेरौ भन्दै काली ।
हामी दुइ एक  अर्कामा कराएको याद  आयो ।।
यो संसारमा चोखो माया हाम्रो बाहेक कसको छ र ।
भन्दै हामी प्रिती को संसारमा रमाएको याद आयो ।।

मिठा मिठा गर्दै कुरा हामी दुइ छुट्ने  बेला ।
छुटन मन नलागेर  हात   समाएको याद आयो  ।।

Sunday, April 21, 2013

जीवनको परिबेस

छटपटाई  रहेका दिनहरु     
कहाली लाग्दा रातहरु
उदेश्य बिमुख मेरा यात्राहरु
जुर्मुराइ रहेका छन यहा आज ।

सायद जीवनका बाटाहरु
यस्तै यस्तै बंगाटीनगा  हुन्छन होला ।
मलाई बल्ल मात्र थाहा भैरहेछ 
जीवन कहिलेकाही सागुरिन सक्छ
र जीवन कहिले काहि“  असायर
एक्लो पनि हुन् सक्छ ।।

मेरो यात्राका अनगिन्ति साथीहरु
म बाट आज हराई रहेछन ।
सायद  तिनीहरु पनि म जस्तै
बाटो पहिल्याउने  प्रयासामा छन ।।

मलाई अचम्म लागिरहेछ
मेरो कल्पनाको संसार आज ।
बिपनाम कति असजिलो भैरहेछ
मेरो प्रतिबदता र उदेश्यमा
आज अचम्म को अड्चन आइरहेछ ।।

तर पनि मलाई पुरा बिशवास छ
यो बांगोटिंगो अनि सगुरो परिवेश
छिटै नै सिद्धा अनि फराकिलो बन्ने छ
मेरो जीवनमा लाग्न खोजेको अध्यारो
उज्यालोमा बिलय भएर जानेछ  ।।