Sunday, April 21, 2013

जीवनको परिबेस

छटपटाई  रहेका दिनहरु     
कहाली लाग्दा रातहरु
उदेश्य बिमुख मेरा यात्राहरु
जुर्मुराइ रहेका छन यहा आज ।

सायद जीवनका बाटाहरु
यस्तै यस्तै बंगाटीनगा  हुन्छन होला ।
मलाई बल्ल मात्र थाहा भैरहेछ 
जीवन कहिलेकाही सागुरिन सक्छ
र जीवन कहिले काहि“  असायर
एक्लो पनि हुन् सक्छ ।।

मेरो यात्राका अनगिन्ति साथीहरु
म बाट आज हराई रहेछन ।
सायद  तिनीहरु पनि म जस्तै
बाटो पहिल्याउने  प्रयासामा छन ।।

मलाई अचम्म लागिरहेछ
मेरो कल्पनाको संसार आज ।
बिपनाम कति असजिलो भैरहेछ
मेरो प्रतिबदता र उदेश्यमा
आज अचम्म को अड्चन आइरहेछ ।।

तर पनि मलाई पुरा बिशवास छ
यो बांगोटिंगो अनि सगुरो परिवेश
छिटै नै सिद्धा अनि फराकिलो बन्ने छ
मेरो जीवनमा लाग्न खोजेको अध्यारो
उज्यालोमा बिलय भएर जानेछ  ।।


No comments:

Post a Comment