क्रोधले बुद्धि लाई मारिदिन्छ,
डरले स्वतन्त्रता हारिदिन्छ।।
अहंकारले प्रेम लाई सुकाउँछ,
इष्र्याले शान्ति लाई जलाउँछ ।।
बुद्धिले क्रोध लाई जितिदिन्छ,
साहसले डर लाई भगाइदिन्छ। ।
प्रेमले अहंकार लाई गलाउँछ,
शान्तिले इष्र्या लाई झुकाउँछ । ।
लोभले सन्तोष हराइदिन्छ,
घृणाले मानवता मारिदिन्छ ।।
स्वार्थले सम्बन्ध पराइदिन्छ,
आलस्यले प्रगतिलाई रोकीदिन्छ ।।
सन्तोषले लोभ मेटाइदिन्छ,
मानवताले घृणालाई बिसाइदिन्छ ।।
सहकार्यले दूरी घटाइदिन्छ।
परिश्रमले आलस्यलाई मारिदिन्छ ।।
“मानिस बाहिरको शत्रुबाट होइन,
भित्रका विकारबाट हार्छ।”

No comments:
Post a Comment