Monday, August 13, 2012

अर्को बुद् ....

एउटै मात्र बुद्  थियौ
हाम्रो  देशको   सान  ।
यै  धर्तिमा बुद् बन्यौ
यै माटो लाइ स्वर्ग मानी ।।

अहिंसाको बिज रोपी
आफु सधैको लागि बाची ।
एउटा मान्छे बुद् बनेयौ
धर्तीमा ज्ञानको साचो खोलि।।   

शान्तिको सन्देस बोकी
धर्ति लाइ स्वर्ग बनाउन खोजेउ  ।
सत्यताको मार्ग कोरी
संसारमा अहिंसाको ज्योति बालेयौ।।

आज फेरी तिम्रो खाचो परेको छ ।
हत्या हिंसा आतंक धर्तीमा चलेकोछ ।।
छल, स्वार्थले   संसार जलेकोछ।
तिम्रो अभाबमा यो  धर्ति  परेको  छ ।।

तिमि भयौ अजम्बरी
अरु  बन सकेन कोहि ।
एउटै मात्र बुद् भयौ
अर्को बुद् खोई ......।।

No comments:

Post a Comment