म देखि रहेको छु
सडक छेउको मन्दिर भत्कदै गहिरहेको छ ।
मन्दिरको गजुर फुस्कन गैररहेछ ।
भत्किन एउटा आँधी पखिरहे छ ।
साँझ बिहान मन्दिर जानेहरु
चिर निद्रामा एउटा देवता
सधै हासेर उभिएको देखद छन्
सयकडौ लाखौ मानिसलाई
पाउमा झुक्न लगाएर
आसन माथि सिगारीएको त्यो देवता
फुल अक्षता धुप वति ले सजिएको छ ।
लाखौ गरीवहरुलाई समान बनाउने
झुठो माया फिजाएर
करौडौं भोकाहरुलाई सुखि तुल्याउने
कल्पित छाया कोरेर
वषै वर्ष सम्म
शतावदी, शतावदी सम्म
मान्छेहरुलाई आस्था र बिस्वासको
वाक्लो बादल भित्र लुकाएर
आकास अनि पातालको
असहय पिडा र मृत्यु छिपाएर मान्छेलाई
हाताको हत्केलामा छिपाएर मान्छेलाई
हातको हत्केलामा नचाई राखेको
त्यो देवता
अचानक एउटा भुक्म्प आउने देखि
त्रसित छ भएभित छ ।
र्धम र पापको नाममा
झुटको चिनहरु केरेर
मान्छेको ह्दय र मस्तिकलाई
प्यारालाइसेस गर्न त्यो देवता
पुर्व रातो हुनु अघिको
मिमिर्रे उसामा नै
आफनो संम्भावित मृतु देखि डराएर
जन्डिसले ग्रसित हुदै गैहिरहे छ ।
अन्नतत ः
मन्दिर आफै झत्कन गैरहेछ
भत्किन, एउटा आधि पखिरहेछ
मन्दिर आफै ढल्न गैरहे छ
ढल्न एउटा भुकम्प पखिरहेछ
मन्दिर आफै जल्लन गहि रहेछ
जल्लन एउटा ज्यावामुखि पखिरहेको छ ।

No comments:
Post a Comment