देखेको थिए मैले सपनामा अर्कै यर्थाथको गति
भएको रहेछ, हाम्रो देशको उत्तर रोत्तर प्रगति ।
सविधान बनाएको थियो सबैको सहमतिमै
सरकारी कार्यालयमा काम गर्न परेन झमेला कतै । ।
धेरैको लागि भो राम्रो नेपालिको जिवन पद्धति
दुरदृष्टि र बुद्धिमानी प्रधानमन्त्री बनेका रहेछन् अति ।
जग्गा जमिनका स्वामि बन्नेका थिए कृर्षकहरु नै
क्यासिनोहरु चाहिँ भत्काइ अस्पताल बन्ने थिए कुनै ।।
नवधन्नाढयहरुको स्थान पैले जस्तो भएको थियो पुन
अर्थपुर्ण भएको थियो प्रत्येक नेपालि जनताको जिवन ।
रोकतोक विना भोटका बिक्रिमा राखिएयो तर
जडयाहा मातेर टन्न देखिदैन्न थिए कतै तिर ।
सारा पुस्तकहरु छापिन्छन् यहाँ सेन्सर बेगर
प्रत्रिकामा समाचार हुन्न झुटो रतिभर ।
उच्चताको सिखर तर्फ लम्किराछ हाम्रो सस्ंकृति
हामि नेपालिको अस्तित्वको हो त्यो सम्पिति ।
लागेको थ्यो स्वतन्त्रता आफ्नो यहाँ पखेटा फिजाउन
बनाइदै थिए ठुला ठुला आयोजनाहरु द्रुत गतिमा ।
साँचै नजिकदै थियो नेपालीको सुख समृद्धि को क्षण
परन्तु जव विउझिए म चिन्ताले ग्रस छ यो मन ।
No comments:
Post a Comment