घामले छोपेका बसन्त ऋतुका दिनहरुमा
घर, कोठा, कार्यालय बाट खुला स्थानतिर
भाग्दै गरेका हाम्रा जिन्दगीका पलहरु
अनुकुलतातिर समय फर्कने प्रतिक्षामा छन ।
महसुस गर्दै
भुकम्पका धक्काहरु
भोग्दै छौ यहाँ सयौ पराकम्पनहरु
दुखि अनि
चिन्तित अनुहारहरुमा
हराएका आफन्त भेटिने आस छ अझै ।
भत्केका अनि चर्केका घरहरुमा
जीवन कतै अड्किएको छ कि भनि
खोज अनि उद्दारमा सहभागीहरु प्रति
आभारी अनि
कृतज्ञछौ हामी नेपाली ।
समयको चक्रले रुमलियका जिन्दगीहरुमा
सहयोगी बनेका हातहरु प्रति कृतज्ञछौ हामी ।
छटपटाई रहेका दिनहरु कहाली लाग्दा रातहरु
असहज भै रहेका छन धेरै नेपालीहरुको लागि ।।
प्राकृतिक
बिपतीको को अघाडी
मन अनि मस्तिस्क बेचैन हुदो रहे छ ।
जीवन सागुरिदो पनि रहेछ
र जीवन असायर एक्लो पनि हुदो रहेछ ।।
तर मलाई लाई पुरा बिशवास छ
परिस्थि अनुसारै जीवन जिउने कलाको विकास
हुनेछ ।
अस्थिर भएका
मन अनि मस्तिस्कहरुमा
स्थिरता छिटै फर्कनेछ समय पुन बदलिने छ ।
