Wednesday, May 13, 2015

समय पुन बदलिने छ ।

घामले छोपेका बसन्त ऋतुका  दिनहरुमा
घर, कोठा, कार्यालय बाट खुला स्थानतिर
भाग्दै गरेका हाम्रा जिन्दगीका पलहरु
अनुकुलतातिर समय फर्कने प्रतिक्षामा छन ।

महसुस गर्दै  भुकम्पका धक्काहरु
भोग्दै छौ यहाँ सयौ  पराकम्पनहरु
दुखि अनि  चिन्तित अनुहारहरुमा
हराएका आफन्त भेटिने आस छ अझै  ।

भत्केका अनि चर्केका घरहरुमा
जीवन कतै अड्किएको छ कि भनि
खोज अनि उद्दारमा सहभागीहरु प्रति
आभारी अनि  कृतज्ञछौ हामी नेपाली ।

समयको चक्रले रुमलियका जिन्दगीहरुमा
सहयोगी बनेका हातहरु प्रति कृतज्ञछौ हामी ।
छटपटाई रहेका दिनहरु कहाली लाग्दा रातहरु
असहज भै रहेका छन धेरै नेपालीहरुको लागि ।।


प्राकृतिक   बिपतीको को अघाडी   
मन अनि मस्तिस्क बेचैन हुदो रहे छ ।
जीवन सागुरिदो पनि  रहेछ
र जीवन असायर एक्लो पनि हुदो रहेछ  ।।


तर मलाई लाई पुरा बिशवास छ
परिस्थि अनुसारै जीवन जिउने कलाको विकास हुनेछ  ।
अस्थिर भएका  मन अनि मस्तिस्कहरुमा
स्थिरता छिटै फर्कनेछ समय पुन बदलिने छ ।

No comments:

Post a Comment