Wednesday, May 13, 2015

समय पुन बदलिने छ ।

घामले छोपेका बसन्त ऋतुका  दिनहरुमा
घर, कोठा, कार्यालय बाट खुला स्थानतिर
भाग्दै गरेका हाम्रा जिन्दगीका पलहरु
अनुकुलतातिर समय फर्कने प्रतिक्षामा छन ।

महसुस गर्दै  भुकम्पका धक्काहरु
भोग्दै छौ यहाँ सयौ  पराकम्पनहरु
दुखि अनि  चिन्तित अनुहारहरुमा
हराएका आफन्त भेटिने आस छ अझै  ।

भत्केका अनि चर्केका घरहरुमा
जीवन कतै अड्किएको छ कि भनि
खोज अनि उद्दारमा सहभागीहरु प्रति
आभारी अनि  कृतज्ञछौ हामी नेपाली ।

समयको चक्रले रुमलियका जिन्दगीहरुमा
सहयोगी बनेका हातहरु प्रति कृतज्ञछौ हामी ।
छटपटाई रहेका दिनहरु कहाली लाग्दा रातहरु
असहज भै रहेका छन धेरै नेपालीहरुको लागि ।।


प्राकृतिक   बिपतीको को अघाडी   
मन अनि मस्तिस्क बेचैन हुदो रहे छ ।
जीवन सागुरिदो पनि  रहेछ
र जीवन असायर एक्लो पनि हुदो रहेछ  ।।


तर मलाई लाई पुरा बिशवास छ
परिस्थि अनुसारै जीवन जिउने कलाको विकास हुनेछ  ।
अस्थिर भएका  मन अनि मस्तिस्कहरुमा
स्थिरता छिटै फर्कनेछ समय पुन बदलिने छ ।

Monday, May 11, 2015

मेरो सपनामा हाम्रो देश

देखेको थिए मैले सपनामा अर्कै यर्थाथको गति
भएको रहेछ, हाम्रो देशको उत्तर रोत्तर प्रगति ।
सविधान बनाएको थियो सबैको सहमतिमै
सरकारी कार्यालयमा काम गर्न परेन झमेला कतै । ।

धेरैको लागि भो राम्रो नेपालिको जिवन पद्धति
दुरदृष्टि र बुद्धिमानी प्रधानमन्त्री बनेका रहेछन् अति ।
जग्गा जमिनका स्वामि बन्नेका थिए कृर्षकहरु नै
क्यासिनोहरु चाहिँ भत्काइ अस्पताल बन्ने थिए कुनै ।।

नवधन्नाढयहरुको स्थान पैले जस्तो भएको थियो पुन
अर्थपुर्ण भएको थियो प्रत्येक नेपालि जनताको जिवन ।
रोकतोक विना भोटका बिक्रिमा राखिएयो तर
जडयाहा मातेर टन्न देखिदैन्न थिए कतै तिर ।


सारा पुस्तकहरु छापिन्छन् यहाँ सेन्सर बेगर
प्रत्रिकामा समाचार हुन्न झुटो रतिभर ।
उच्चताको सिखर तर्फ लम्किराछ हाम्रो सस्ंकृति
हामि नेपालिको अस्तित्वको हो त्यो सम्पिति ।

लागेको थ्यो स्वतन्त्रता आफ्नो यहाँ पखेटा फिजाउन
बनाइदै थिए ठुला ठुला आयोजनाहरु द्रुत गतिमा ।
साँचै नजिकदै थियो नेपालीको सुख समृद्धि को क्षण
परन्तु जव विउझिए म चिन्ताले ग्रस छ यो मन ।

Tuesday, March 17, 2015

मन्दिर भत्किदै गैरहेछ ।

म देखि रहेको छु
सडक छेउको मन्दिर भत्कदै गहिरहेको छ ।
मन्दिरको गजुर फुस्कन गैररहेछ ।
भत्किन एउटा आँधी पखिरहे छ ।

साँझ बिहान मन्दिर जानेहरु
चिर निद्रामा एउटा देवता
सधै हासेर उभिएको देखद छन्
सयकडौ लाखौ मानिसलाई
पाउमा झुक्न लगाएर
आसन माथि सिगारीएको त्यो देवता
फुल अक्षता धुप वति ले सजिएको छ ।

लाखौ गरीवहरुलाई समान बनाउने
झुठो माया फिजाएर
करौडौं भोकाहरुलाई सुखि तुल्याउने
कल्पित छाया कोरेर
वषै वर्ष सम्म
शतावदी, शतावदी सम्म
मान्छेहरुलाई आस्था र बिस्वासको
वाक्लो बादल भित्र लुकाएर
आकास अनि पातालको
असहय पिडा र मृत्यु छिपाएर मान्छेलाई
हाताको हत्केलामा छिपाएर मान्छेलाई
हातको हत्केलामा नचाई राखेको
त्यो देवता
अचानक एउटा भुक्म्प आउने देखि
त्रसित छ भएभित छ 

र्धम र पापको नाममा
झुटको चिनहरु केरेर
मान्छेको ह्दय र मस्तिकलाई
प्यारालाइसेस गर्न त्यो देवता
पुर्व रातो हुनु अघिको
मिमिर्रे उसामा नै
आफनो संम्भावित मृतु देखि डराएर
जन्डिसले ग्रसित हुदै गैहिरहे छ 

अन्नतत ः
मन्दिर आफै झत्कन गैरहेछ
भत्किन, एउटा आधि पखिरहेछ
मन्दिर आफै ढल्न गैरहे छ
ढल्न एउटा भुकम्प पखिरहेछ
मन्दिर आफै जल्लन गहि रहेछ

जल्लन एउटा ज्यावामुखि पखिरहेको छ ।

Wednesday, January 21, 2015

वेला भयो

जाग साथी अब जाग्ने वेला भयो .
देश बनाउने अभियानमा लाग्ने बेला भयो . .
सबै भन्दा माथि राखी सोचन न नेपाली हु म 
आफ्नै देशमा जीवन जिउने बनाउन मन 

उठ साथी उठ अब उठ्ने बेला भयो 
टुट्ने हैन फुटने हैन जुट्ने बेला भयो 
स्वर्ग बनाउ यहि देश लाइ जुटेर कर्ममा 
कर्तव्यको भावना फैलाउ प्रतेक नेपालीको मनमा 
जाग साथी अब जाग जाग्ने वेला भयो 
देश बनाउने अभियानमा लाग्ने बेला भयो 
अन्धकारका बाँध हरु टुटाउने बेला भयो 
भाइ भाइ मिलि अब देश बनाउने बेला भयो 

उठ साथी उठ अब उठ्ने बेला भयो 
टुट्ने हैन फुटने हैन जुट्ने बेला भयो 
प्रतिज्ञा यहि लिई बढौ हातमा हात मिलाई
देश निर्माणको अगुवाइ गर्ने नेत्रितो बिकाश गर्दै